मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

लोकतन्त्रमा चुनौती आयो : सभापति देउवा

लोकतन्त्रमा चुनौती आयो : सभापति देउवा


भक्तपुर । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमाथि चुनौतीपूर्ण अवस्था आएको बताएका छन् । 
 
आज भक्तपुरको कौशलटारमा लेखक दीपेन्द्रराज गिरीको पुस्तक बिधाताको विमोचन गर्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई लोकतन्त्रको रक्षाका लागि संघर्षका लागि तयार रहन निर्देशन दिए ।
सभापति देउवाले लोकतन्त्रका उपलब्धि गुम्न सक्ने खतरा आएको भन्दै कांग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप अस्वीकार्य रहेको बताए ।
 
प्रेस स्वतन्त्रताको महत्वपूर्ण जग र नागरिकको महत्वपूर्ण अधिकार नै प्रेस भए पनि सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्न खोजेको जिकिर गर्दैै उनले जनताका हक अधिकार कुण्ठित गर्दै गए संसदमा संघर्षरत कांग्रेस सडकमा समेत संघर्षमा आउन बाध्य हुने बताए ।
 
कार्यक्रममा कांग्रेस नेता विश्वप्रकाश शर्मा, गगनकुमार थापा, पूर्वसभामुख दमननाथ ढुङ्गाना, प्राडा गोविन्दराज पोखरेल, कांग्रेस जिल्ला सभापति दुर्लभ थापालगायतले पुस्तकको चर्चा गर्दै अब देशमा कुनै पनि प्रकारको युद्ध होइन, शान्ति र समृद्धि चाहिएको बताए ।