मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अब चालक होइन, सडक नै फेर्नुपर्छ : अध्यक्ष थापा

अब चालक होइन, सडक नै फेर्नुपर्छ : अध्यक्ष थापा


काठमाडौँ । संवैधानिक राजतन्त्रको वकालत गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब चालक होइन, सडक फेर्नुपर्ने जिकिर गरेका छन् । 
 
राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको उपत्यकास्तरीय भेलामा सम्बोधन गर्दे अध्यक्ष थापाले अब सरकारको नेतृत्व नभई व्यवस्था नै परिर्वतन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘जुन बाटोमा कांग्रेस र कम्युनिस्टले विगत १३ वर्षदेखि मुलुकलाई अनिश्चियको बाटोमा हिँडाइराखेका छन्, त्यो बाटो नै गलत छ । त्यही भएर नै हामीले देशको रक्षा गर्ने यो पार्टी खडा गरेका हौँ ।’
 
उनले थपे, ‘केपी शर्मा ओलीलाई हटाएर उनको ठाउँमा प्रचण्ड वा शेरबहादुर देउवालाई ल्याएर यो देशको समस्याको समाधान हुँँदैन । किनभने, उनीहरुले जुन बाटो हिँडिरहेका छन्, त्यो बाटो नै फरक छ । त्यसैले अब चालक फेर्ने होइन, बाटो नै परिवर्तन गर्नुपर्छ ।’
 
धर्म, संस्कृति, परम्परा र इतिहासको रक्षा गर्दै मुलुकलाई सम्वद्र्धनको दिशातर्फ उन्मुख गराउन अब संवैधानिक राजतन्त्रको विकल्प नरहेको उनको भनाइ थियो । सम्वद्र्धवादको सिद्धान्तअनुसार देशको स्वाभिमान, स्वाधिनता र दीगो विकास गर्न सकिने भएकाले उनले सबै देशभक्त दाजुभाइ दिदीबहिनीलाई मुलुकको रक्षा र आफ्नो सुरक्षाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको अभियानमा सरिक हुन आह्वान् गरे ।