मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नख्खु कारागारमा झडप एक कैदीको मृत्यु

नख्खु कारागारमा झडप एक कैदीको मृत्यु


काठमाडौँ । ललितपुरस्थित नख्खु कारागारमा दुई कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । 
 
झडपमा नख्खु कारगारमा कर्तव्य ज्यान मुद्दामा जेल जीवन बिताइरहेका पूर्णबहादुर राजीको मृत्यु भएको हो । बर्दिया घर भएका राजी मानसिक सन्तुलन गुमेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।
 
ललितपुर प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रवीन्द्र धानुकका अनुसार कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका कोमलकुमार महतोले सिमेन्टको ब्लकले  हिर्काएर राजीको ज्यान लिएका हुन् । महतो सर्लाहीका बासिन्दा हुन् । 
 
आक्रमणकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । उनीहरुबीच सुरुमा जुम्रा खोज्दै गर्दा आपसमा विवाद बढ्दै जाँदा झडपको रुप लिएको प्रहरीको भनाइ छ ।