मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गोरखामा पहिराले पुरिएर स्काभेटरसहित चालक बेपत्ता

गोरखामा पहिराले पुरिएर स्काभेटरसहित चालक बेपत्ता


गोरखा । मनसुन चलिरहँदा बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा दर्जनौँ मानिसको मृत्यु भएको छ । पहिलोमा पुरिएर बेपत्ता हुनेको संख्या बढ्दो छ । 
 
यसैक्रममा गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारीमा शसक्रबार बिहान पहिरोले स्काभेटरसहित चालक पुरिएर बेपत्ता भएका छन् । 
 
गुप्चेखोला नजिकै बाटो खन्दै गरेको बेला सिन्धुपाल्चोक जिल्लाको मेलम्ची घर भएका चालक रमेश तामाङसहित स्काभेटरलाई माथिबाट खसेको माटोको ढिस्कोले पुरेको थियो । 
 
घटनास्थलमा पुगेर तामाङको उद्धारको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले बताए ।