काठमाडौँ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले हालै आउको बाढीले तराई क्षेत्रमा अर्बौं रुपैयाँ बराबरको पूर्वधारका साथै बालीनालीको समेत क्षति भएकाले त्यसलाई पहिलेकै स्थितिमा पु¥याउन प्रदेश तथा स्थानीय सरकारको क्षमता बाहिर भएकाले केन्द्रीय सरकारले पनि सहयोग गर्नु पर्ने बताएका छन् ।
उनले प्रदेश नं २ लाई बाढी पीडित विशेष क्षेत्र घोषणा गरी राहत प्याकेज घोषणा गर्न केन्द्र सरकारसँग माग गरे । रिपोर्टर्स क्लब नेपालमा आज आयोजित साक्षात्कारमा मुख्य मन्त्री राउतले गत असार २७ गतेको बाढीले त्यहाँको आठ जिल्लामा ठूलो क्षति पु¥याएकाले भोलिपल्टै प्रादेशिक मन्त्रिमण्डलको बैठक बसी पीडित जनतालाई राहत दिने निर्णय गरिएको जानकारी दिए ।
केन्द्र सरकार तथा प्रदेशको संयुक्त पहल आवश्यक भएको महसुस गरी आफूले प्रधानमन्त्री केपी शर्मा ओली, भौतिक तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ, र ऊर्जामन्त्री वर्षमान पुनसँग भेटी बाढी पीडितको उद्धार तथा पुनःस्थापनाका लागि सहयोग गर्न आग्रह गरेकामा उनीहरूबाट सकारात्मक आश्वासन पाएको उनले बताए ।
मुख्यमन्त्री राउतले बाढीले धेरै क्षति पु¥याएको रौटहत, सप्तरी, सर्लाही, सिराहा तथा महोत्तरीको भ्रमण गरी तत्कालै प्रदेश सरकारको क्षमताले भ्याएसम्म पीडितलाई राहत सहयोग गरिएको जानकारी दिए ।
लालबकैया तटबन्ध, वाग्मती तटबन्ध, रातुनदीको तटबन्ध मर्मत नहुनु र चुरे दोहनले त्यहाँका जनताले वर्षेनी बाढीको मार व्यहोर्नु परिरहेको बताउँदै उनले आफूले यसबारे पटकपटक ध्यानाकर्षण गर्दा पनि केन्द्र सरकारले चासो नदिएको गुनासो गरे ।
प्रतिक्रिया