मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

घूस लिएको अभियोगमा प्रशासकीय अधिकृतसहित छ जनाविरुद्ध मुद्दा

घूस लिएको अभियोगमा प्रशासकीय अधिकृतसहित छ जनाविरुद्ध मुद्दा


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनप्रसाद सुवेदीसहित छ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 
 
आर्थिक वर्ष २०७४/७५ मा विद्युतीय सामग्री खरीद गर्दा अनियमितता गरेको भन्ने उजुरीका आधारमा छानबिन गर्दा बदमासी गरेको पाइएको आयोगले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत सुवेदीलगायतले सत्या इन्टरप्राइजेजसँग मिलेमतो गरी विद्युतीय सामग्रीको खरीद गरेको पाइएको छ ।
 
आयोगले उपसचिव सुवेदी, अर्का उपसचिव मदन घिमिरे, शाखा अधिकृत ललनकुमार लालकर्ण, लेखापाल दिनेश चौधरी र नायबसुब्बा अब्दुल जव्वारले रु ११ लाख ३५ हजार ४११ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । 
आयोगले सत्या इन्टरप्राइजेजका सञ्चालक मनिषकुमार मिश्रविरुद्ध समेत विशेष अदालतमा समान बिगोसहित मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 
 
यस्तै आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जामा कार्यरत इञ्जिनीयर बसी अख्तर मोहम्मदविरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार उनले सेवाग्राहीसँग रु चार लाख घुस मागेको अभियोग लागेको छ ।