मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विषालु च्याउ खाँदा परिवारका तीनको मृत्यु

विषालु च्याउ खाँदा परिवारका तीनको मृत्यु


विषालु च्याउ खाँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । लुंग्री गाउँपालिका–६ गुम्चालका अमरसिं बुढाथोकीका श्रीमती, छोरा र छोरी गरी तीन जनाको मृत्यु भएको हो । 
 
यसरी मृत्यु हुनेमा २५ वर्षीया कर्मली बुढाथोकी, सात वर्षीया सुनिता बुढाथोकी र तीन वर्षीय पुस्कल बुढाथोकी रहेका स्थानीय जेवी विष्टले जानकारी दिए । घर नजिकै जङ्गलबाट आमा कर्मलीले लिएका च्याउ परिवारका तीन सदस्यले खाएका थिए । 
 
यही साउन ८ गते च्याउ खाएर बिरामी परेका तीनै जनालाई उपचारका लागि भीम अस्पताल रुपन्देही लगिएको थियो । प्रहरीका अनुसार पुस्कलको ११ गते, सुनिताको १२ गते र कर्मलीको आज मृत्यु भएको हो । 
 
उपचारका लागि लैजाँदै गर्दा पुस्कल र सुनिताको बाटैमा  मृत्यु भएको थियो भने  कर्मलीको भने उपचारका क्रममा अस्पतालमा मृत्यु भएको बताइएको छ । श्रीमान् अमरसिं बुढाथोकी भने रोजगारीका क्रममा खाडी मुलुकमा रहेका बताइएको छ ।