मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

साथीलाई छुरा हान्ने नौ जना पक्राउ

साथीलाई छुरा हान्ने नौ जना पक्राउ


भद्रपुर । झापाको दमक नगरपालिका–१ मा साथीलाई छुरा प्रहार गरी हत्या र घाइते बनाउनेमध्ये नौ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । बुधबार अपराह्न ४ बजे २५/३० को समूहबीच एक अर्कामा छुरा हानाहान भएको थियो । 
 
छुरा प्रहारबाट दमक नगरपालिका–२ का १८ वर्षीय विक्रम लिम्बूको मृत्यु भएको थियो भने सोही वडाका १८ वर्षीय सुजन भुजेल र दमक–३ का १८ वर्षकै सरोज भण्डारी घाइते भएका थिए । घाइतेमध्ये भण्डारीको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा र भुजेलको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।
 
घटनालगत्तै फरार रहेकामध्ये प्रदेश नं १ को प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय झापा र इप्रका दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न स्थानबाट नौ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए । 
 
उनका अनुसार घटनामा संलग्न अन्य व्यक्तिको खोजी जारी भइरहेको छ ।