मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बोरामा हालेर फालिएका युवकको उद्धार

बोरामा हालेर फालिएका युवकको उद्धार


सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका—१ घर भई मध्यपुरथिमि नगरपालिका– १ लोकन्थली बस्ने २७ वर्षीय मनीष भण्डारीलाई बोरामा हालेर फ्याँकेको अवस्थामा प्रहरीले उद्धार गरेको छ । 
 
प्रहरीले भक्तपुर र काठमाडौँको सिमाना मनोहरा खोलामा हात र खुट्टामा डोरी तथा मुखमा पट्टी बाँधेर फ्याँकेको अवस्थामा प्रहरीले आज बिहानै उद्धार गरेको हो । 
 
महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले गएराति खोलाको किनारामा मान्छेको आवाज सुनेर हेर्न जाँदा बोराभित्र बाँधेर फ्याँकिएको अवस्थामा भण्डारीको उद्धार गरिएको कोटेश्वर प्रहरी प्रभागले जनाएको छ । 
 
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा गत आइतबार भण्डारीलाई लोकन्थलीबाट तीन जना अपरिचित व्यक्तिले जबरर्जस्ती भ्यानमा हालेर तीन दिनसम्म विभिन्न ठाउँमा घुमाइ राति बाँधेर बोरामा हालेर फ्याँकेको पाइएको हो ।
 
कोटेश्वर प्रहरीले भण्डारीलाई अपराध अनुसन्धान महाशाखालाई बुझाएको र महाशाखाले घटनाको अनुसन्धान शुरु गर्दै अपहरणकारीको खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।