मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेसमा व्यक्तिभन्दा पार्टी बलियो हुनुपर्छ : वरिष्ठ नेता पौडेल

कांग्रेसमा व्यक्तिभन्दा पार्टी बलियो हुनुपर्छ : वरिष्ठ नेता पौडेल


हेटौँडा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले आफ्ना कमीकमजोरीहरुप्रति आत्मालोचना गर्न नसकेको बताएका छन् । 
 
पार्टी सभापतिप्रति लक्षित गर्दै उनले जिम्मेवारी लिनुपर्नेमा कार्यसमितिलाई देखाएर पन्छाएको बताए । कांग्रेसभित्र व्यक्ति वा नेताभन्दा पार्टी बलियो हुनुपर्नेमा उनको जोड थियो ।
 
बीपी स्मृति दिवसमा अवसरमा आयोजित विचार गोष्ठीमा उनले कांग्रेसका नेता-कार्यकर्ताले आफू सच्चिनु पर्छ भन्ने सोचर अगाडि बढेमात्रै बीपीको विचारले सार्थकता पाउने बताए । 
 
सरकारले जहाँ छोयो उहीँ भ्रष्टाचार बढेको बताउँदै नेता पौडेलले कम्युनिस्टहरु सिद्धान्त छाडेर कमाउनिस्ट बन्न थालेपछि जनताले विकल्प खोज्न थालेको बताए । जनताले कम्युनिस्टको विकल्पका रुपमा कांग्रेस खोजेको जिकिर गरे । 
 
विचार गोष्ठीमा कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डीना’ले कांग्रेसले बीपीको विचार बिर्सिंदै गएको र सत्ताको लालचले प्रजातन्त्र नै खतरामा परेको बताइन् । बीपीको विचारकै कारण कांग्रेस र नेपाली राजनीति यहाँसम्म आएको सत्य बिर्सन नहुने उनले बताइन् । 
 
प्रदेश ३ का संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले कांग्रेसभित्र मागेर, ठगेर खानेको जमात बढ्दै गएको बताउँदै पार्टीभित्र त्याग र समर्पण अंगाल्दै  कम्युनिस्टहरुको अराजकताविरुद्ध लड्न एकवद्ध हुनुको विकल्प नरहेको बताए । 
 
बीपी कोइराला मेमोरियल ट्रष्टका अध्यक्ष एवम् बीपीपुत्र डा शशांक कोइरालाको सभापतित्वमा सम्पन्न गोष्ठीमा कांग्रेस प्रदेश नं ३ सांसद् जीवन डंगोल, कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार रामचन्द्र अर्याल, निवर्तमान सभापति रघुरमण न्यौपानेलगायतले बीपीको योगदानको चर्चा गरेका थिए ।