मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेटवर्किङ व्यवसायमार्फत् ठगी गर्ने तीन गिरोह पक्राउ

नेटवर्किङ व्यवसायमार्फत् ठगी गर्ने तीन गिरोह पक्राउ


चितवन । काठमाडौँमा एलटी एभरेष्ट हर्बल लाइफ ग्लोबल प्रालि नामक संस्था दर्ता गरी चितवनका सर्वसाधारणलाई ठगी गर्दै आएका तीन गिरोह पक्राउ परेका छन् । 
 
नेपालमा प्रतिबन्धित नेटवर्किङ व्यवसायमार्फत् ठगी गरिरहेको सूचनाका आधारमा उक्त कम्पनीका अध्यक्ष धरान उपमहानगर ७ सुनसरीका ३७ वर्षीय सुमन भनिने जहरमान घिसिङ, सदस्यहरु गोरखा पालुङटार नगरपालिका १० का ३९ वर्षीय डीबी भनिने दलबहादुर गुरुङ र बुटबल उपमहानगर ९ रुपन्देहीकी ४३ वर्षीया पार्वती केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी एकनारायण कोइरालाले जानकारी दिए ।
 
प्रनाउ कोइरालाका अनुसार निजहरुले प्रतिबन्धित नेटवर्किङअन्तर्गत पिरामिड शैलीको व्यापार प्रणाली अपनाएको र उनीहरुबाट पीडित व्यक्तिहरुले ठगीसम्बन्धी जाहेरी दस्तखतसमेत पर्न आएकोले पक्राउ परेका गिरोहलाई ठगी मुद्दामा चितवन अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । 
 
सरकारले नेटवर्किङ व्यवसायलाई प्रतिबन्ध लगाए पनि चितवनमा विभिन्न व्यवसायका नाममा नेटवर्किङ व्यवसायको धन्दा चल्दै आएको छ ।