मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संसद् बन्द गर्नु सरकारको बेइमानी : कांग्रेस

संसद् बन्द गर्नु सरकारको बेइमानी : कांग्रेस


काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले बाढीपहिरोका कारण मुलुक गम्भीर सङ्कटमा रहेको बेला संसद् बन्द गर्ने सरकारको कदम गलत भएको बताएका छन् । 
 
उनले प्रभावितको बारेमा कुरा राख्ने थलो नै संसद् भएकाले चाँडै खोल्नुपर्ने बताए ।
 
काठमाडौँमा आज आयोजित साक्षात्कारमा नेता विश्वकर्माले कांग्रेस संसद् खोल्ने पक्षमा रहेको बताए । “जनताको आवाज मुखरित गर्ने थलो संसद् सञ्चालन हुनुपर्छ”, उनले भने । राष्ट्रियसभाका अध्यक्षले संसद् नियमावलीअनुसार सञ्चालन गरेकाले संसद् चलिरहेको तर प्रतिनिधिसभाका सभामुखले प्रतिनिधिसभा नियमावलीलाई लत्याएर काम गरेका कारण संसद् चल्न नसकेको नेता विश्वकर्माको भनाइ थियो । 
 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता टोपबहादुर रायमाझीले वर्तमान सरकार विकास र समृद्धिको लक्ष्य पूरा गर्न आधारशीला खडा गर्दै अघि बढिरहेको दाबी गरे । 
 
छोटो समयमा नै देशको विकास गर्नुपर्ने भएकाले त्यस अनुरुप सरकारले काम गरिरहेको उनको भनाइ थियो । “काठमाडौँमा धुँवा र धुलो विस्तारै घट्दै गएको छ । मास्क लगाउने नागरिक पनि घट्दै गएका छन्”, उनले भने ।