मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा न्यूनतम पारिश्रमिक प्रति घण्टा १५ डलर पुर्याउने विधयक संसदवाट स्विकृत

अमेरिकामा न्यूनतम पारिश्रमिक प्रति घण्टा १५ डलर पुर्याउने विधयक संसदवाट स्विकृत


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकाको संसद अर्थात कंग्रेसले कामदारको न्यूनतम पारिश्रमिक बृद्धि गर्ने विधयक स्विकृत गरेको छ । प्रमुख विपक्षी डेमोक्र्याटीक पार्टीको समर्थनमा आएको उक्त विधयक अमेरिकामा कामदारको न्यूनतम पारिश्रमिक ६ बर्ष मा अर्थात सन् २०२५ भित्र प्रति घण्टा १५ अमेरिकी डलर पुर्याउने उल्लेख छ ।
 
संसदमा यो विद्येयकको पक्षमा २३१ सांसदले पक्षमा मतदान गरेका थिए   । विपक्षमा १९९ मत परेको थियो । सत्तारुढ पार्टी रिपव्लिकन सांसदले विधयक विरुद्ध मतदान गरेका थिए । तर, तीन जना रिपव्लिकन सांसदले भने विद्येयकको पक्षमा मतदान दिए । ६ जना डेमोक्र्याटीक पार्टीका सांसदले भने विद्येयकको विपक्षमा मतदान गरेका थिए ।
 
अमेरिकामा उच्च र कम आम्दानी हुने विचको दुरी कम गर्न न्यूनतम पारिश्रमिक बृद्धि गर्नु पर्ने माग उठिरहेको छ । अहिले अमेरिकाको संघीय सरकारले न्यूनतम पारिश्रमिक ७ डलर २५ सेण्ट तोकेको छ । यसलाई तह तहमा विस्तार गरी ६ बर्षमा प्रति घण्टा १५ डलर पुर्याउने विद्येयकमा उल्लेख छ  । माथिल्लो सदन सिनेटले यो विद्येयकलाई स्विकृत गर्यो भनेमात्र यो कानुन वन्छ । सिनेटमा रिपव्लिकन पार्टीको बहुमत छ । त्यसैले त्यहां यो विद्येयक स्विकृत हुने संभावना भने तत्काललाई देखिदैंन ।
 
अमेरिकामा शहर पिच्छे न्यूनतम पारिश्रमिक तोकिएको छ । केही शहरमा भने अहिले नै प्रति घण्टा न्यूनतम पारिश्रमिक १५ डलर छ । अनलाइन समान विक्रेता एमाजनले केही महिना अघिनै आफ्नो न्यूनतम पारिश्रमिक १५ डलर पुर्याएको छ । वेरोजगारी दरमा कमीका कारण अहिले अमेरिकामा जागिर प्रशस्त छन् । अहिलेनै कयौं व्यवसायले तोकिएको न्यूनतम पारिश्रमिक भन्दा वढी दिएर कामदार राख्दै आएका छन् ।
 
यो विधयक सिनेटले स्विकृत नगरेपनि विस्तारै अमेरिकाको न्यूनतम पारिश्रमिक बढ्न सहयोग गर्ने  अनुमान गरिएको छ ।
 
अमेरिकाका अधिकांश शहरमा अहिले घरजग्गाको मुख्य वढेको छ । त्यसैले न्यूनतम पारिश्रमिकमा काम गर्नेलाई घर किन्न, भाडा तिर्न कठिन भईरहेको छ । यसले गर्दा पनि न्यूनतम पारिश्रमिक वढाउन विभिन्न संघ संगठनहरुले दवाव दिईरहेका छन् ।
 
तर, व्यवसायी पक्षधरहरुले भने न्यूनतम पारिश्रमिक बृद्धि गर्दा उद्योग व्यवसायको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउन चेतावनी दिएका छन् । यसले अमेरिकाको श्रम बजारलाई महंगो वनाउने यो बृद्धिको विपक्षमा हुनेहरुको दावी छ ।
 
तस्बिर: सामाजिक संजाल