मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

केन्याबाट उद्धार गरिएका १२ युवतीलाई आफन्तको जिम्मा लगाइयो

केन्याबाट उद्धार गरिएका १२ युवतीलाई आफन्तको जिम्मा लगाइयो


काठमाडौँ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) को सहयोगमा केन्याबाट उद्धार गरी नेपाल ल्याइएका १२ नेपाली युवतीलाई आफन्तको जिम्मा लगाइएको छ । 
 
उनीहरूलाई प्रारम्भिक अनुसन्धानपश्चात् आईओएमका प्रतिनिधिको रोहोबरमा आज आफन्तको जिम्मा लगाइएको नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ । 
 
ती युवती भारतको बाटो हुँदै केन्या पुगेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । उनीहरू विभिन्न स्थानबाट बसमार्फत पूर्वको काँकडभिट्टा नाका हुँदै सिलगुडी–मुम्बई–अदिसाअबाब–मुम्बासा (केन्या) पुगेको खुल्न आएको छ ।
 
केन्याको मुम्बासा शहरस्थित रङ्गीला डान्समा काम गर्दै आएका उनीहरूलाई त्यहाँका प्रहरीले छापामारी नियन्त्रणमा लिएको थियो ।
 
उनीहरूलाई अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)को सहयोगमा बिहीबार राति नेपाल ल्याइएको हो ।
 
उद्धार गरेर ल्याइएको युवतीलाई व्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘रिसिभ’ गरेको थियो । केन्यामा नेपाली चेलीबेटी पक्राउ परेको भन्ने समाचार सार्वजनिक भएलगत्तै ब्यूरोले उनीहरूलाई नेपाल ल्याउन त्यहाँस्थित गैरआवासीय राजनीतिक मिसन, दक्षिण अफ्रिकास्थित नेपाली दूतावास र केन्याको अपराध अनुसन्धान निर्देशनालय (डीसीआई) सँग सहकार्य गरेको थियो । #फोटो : एजेन्सी