मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

लिङ्ग परिवर्तन गराउनेमाथि कारबाही माग

लिङ्ग परिवर्तन गराउनेमाथि कारबाही माग


जीविकोपार्जनका लागि भारत गएका बेला मेरठ घर भएका इलियासले कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका सुरेन्द्रसिंह माललाई जबर्जस्ती लिङ्ग परिवर्तन गरिदिएपछि उहाँको जीवन ठूलो सङ्कटमा परेको छ ।
 
इलियासलाई कारवाहीको माग गर्दै आफ्ना बुबासँगै काठमाडौँ आएका पीडित सुरेन्द्रले आज पत्रकार सम्मेलन गरेर आफूलाई न्याय र बाँच्न पाउने आधारको खोजीका लागि आग्रह गरेका छन् । 
 
करीब चार वर्षसम्म आफूले भारतमा कठिन जीवन बिताएको भन्दै उहाँले आफूलाई यो हालतमा पु¥याउने आरोपीलाई जतिसक्दो चाँडो कानूनी कारवाहीको दायरमा ल्याउन सरकारसँग अपिल गरे ।
 
नेपालमा कक्षा १२ को पढाइ सकेर काम र पढाइको सिलसिलामा भारतको जम्बु गएका बेला भारतको मेरठ घर भएका इलियास नाम गरिएका ती व्यक्तिले आफूलाई अहिलेको हालतमा पु¥याएको उनले बताए । उनले भने, “मलाई इलियासले अपहरण गरेर लामो समय थाहै नभएका विभिन्न ठाउँमा राख्ने र विभिन्न काममा लगाउने काम गरे ।” 
 
सोही अवधिमा त्यहीँको एक अस्पतालमा आफूलाई बेहोस बनाएर जबर्जस्ती आफ्नो लिङ्ग परिवर्तन गराउने काम भएको उनले बताए ।
 
बेहोस अवस्थामा आफ्नो लिङ्ग परिवर्तन गराइसकेपछि दुई वर्षसम्म समलिङ्गीको समूहमा राखेर पैसा माग्न लगाउने, उनीहरुका काम गर्न लगाउने र कमाएको पैसा उनीहरुले लुटेर लैजाने गरेको पनि उनले बताए । 
 
अहिले आफ्नो लिङ्ग काटेर फालेको र सिलाएर पिसाब गर्ने ठाँउ मात्र राखेको भन्दै आफ्नो शरीरमा प्रजननसम्बन्धी कुनै विकास नभएको उनले गुनासो गरे ।