मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भारतबाट आयातीत तरकारीको विषादी जाँच गर्न माग

भारतबाट आयातीत तरकारीको विषादी जाँच गर्न माग


काठमाडौँ । नेपाल विद्यार्थी संघले  भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी जाँच गर्न माग गरेको छ । 
 
भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी जाँच गर्न नपर्ने भन्ने सरकारको निर्णयको विरोध गर्दै आज नेविसंघले त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो । 
 
नेविसंघका दीपक भट्टराईले विदेशीलाई खुशी बनाउनका लागि नेपाली जनताको स्वास्थ्यमा खेलबाड गर्न नपाइने बताए । “विषादी तरकारी र फलफूल जाँच नगरी ल्याएर सरकारले जनताको आयु घटाउन खोजेको छ”, उनको आरोप थियो । 
 
कल्पना खड्का, आरसी भट्टराई, सुनिता पोखरेल, मनोज वैद्य, लिलाबल्लभ दाहाल ‘काका’लगायत विद्यार्थी नेताले भारतबाट निर्यात हुने तरकारी तथा फलफूलमा विषादी हालेको पाइए पनि सरकारले बिनाजाँच आयात गर्न दिएर जनस्वास्थ्यमाथि खेलबाड गरेकाले तत्काल उक्त निर्णय सच्याउनुपर्नेमा जोड दिएका थिए ।