मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वैदेशिक रोजगारीमा जानेलाई सुरक्षा दिन्छौँ : मन्त्री विष्ट

वैदेशिक रोजगारीमा जानेलाई सुरक्षा दिन्छौँ : मन्त्री विष्ट


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारमा जाने नेपालीलाई अधिकतम सुरक्षा प्रदान गर्न सरकार कटिबद्ध रहेको बताएका छन् । 
 
राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ का विभिन्न शीर्षकमध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका बारेमा उनले वैदेशिक रोजगारको परनिर्भरता कम नहुञ्जेलसम्म गुणस्तरीय तथा सुविधासम्पन्न देशको खोजी गर्न सरकार लागिपरेको बताए । 
 
उनले आगामी एक वर्षभित्र पाँच लाख व्यक्तिलाई स्वदेशमै रोजगार उपलब्ध गराउन सरकार दृढ विश्वासका साथ लागिपरेको उल्लेख गर्दै यसै वर्ष ७५३ स्थानीय निकायमा कूल एक लाख छ हजार व्यक्तिले रोजगार पाउने गर्नेगरी योजना पु¥याइएको बताए । 
 
सदनमा सांसद् मुक्तकुमारी यादव, रामलखन चमार, प्रकाश पन्त र बद्रीप्रसाद पाण्डेले क्रमशः मलेसियामा रोजगार, दलितलाई रोजगारमा पहँुच, वैदेशिक रोजगारमा दुःख पाएका नेपालीलाई घर फर्काउन गरेका प्रयास सम्बन्धमा मन्त्रीसँग जिज्ञासा राखेका थिए । 
 
मन्त्री विष्टले सदनमा वैदेशिक रोजगारमा युवालाई पठाउन सरकारले प्रोत्साहन नगरेको स्पष्ट पार्दै वैदेशिक रोजगारको परनिर्भरता नघटेसम्म सुविधासम्पन्न मुलुकको खोजी सरकारले गर्ने तथा मलेसिया र जापानतर्फ जाने नेपाली कामदारलाई छिटोभन्दा छिटो त्यसतर्फ पठाउन क्रियाशील भइरहेको तथा जातीयताका आधारमा सरकारले कसैलाई विभेद नगरेको बताए ।