मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बहुचर्चित सुडान घोटाला काण्डमा पूर्वप्रहरी महानिरीक्षक ठकुरी जेल चलान

बहुचर्चित सुडान घोटाला काण्डमा पूर्वप्रहरी महानिरीक्षक ठकुरी जेल चलान


काठमाडौँ । सुडान घोटाला काण्डमा प्रहरीको बन्दोबस्ती सामान खरिदमा भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजी) रमेशचन्द ठकुरी जेल चलान गरिएको छ । 
 
सर्वोच्च अदालतमा आज कारागार बाहिरै बसेर पुनरावेदन गर्न पाउने निवेदन लिएर ठकुरी सर्वोच्च अदालतमा पुगेका थिए । सर्वोच्च प्रशासनले फैसला कार्यान्वयनलाई सहयोग गर्नुपर्ने भन्दै ठकुरीलाई डिल्लीबजार कारागार चलान गरेको हो । 
 
पूर्वमहानिरीक्षक ठकुरीलाई सर्वोच्च अदालतले २०७४ वैशाख १७ गते एक वर्ष कैद र रु ४० हजार जरिवानाको फैसला सुनाएको थियो ।
 
सो काण्डमा सर्वोच्च अदाललते नेपाल प्रहरीका पूर्वमहानिरीक्षक ओमविक्रम राणालाई दुई वर्ष कैद र ५० हजार जरिवाना, हेमबहादुर गुरुङलाई एक वर्ष कैद र रु ४० हजार जरिवाना र चन्दलाई एक वर्ष कैद र रु ४० हजार जरिवाना सुनाएको  थियो । राणा र गुरुङ जेल सजाय भोगिरहेका छन् । 
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनअनुसार सुडान मिसनमा करिब रु ४३ करोड बराबरको सामान खरिदमा रु २८ करोड ४० लाख भ्रष्टाचार भएको थियो । विसं २०६५ असोजदेखि सुडानको डार्फरमा नेपाल प्रहरीको टोली खटिँदै आएको छ । 
 
विशेषका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्कीको इजलासले गरेको फैसलामा प्रहरीका पूर्व महानिरीक्षक ओमविक्रम राणालाई १७ करोड ६ लाख, हेमबहादुर गुरुङलाई ६ करोड ४८ लाख र रमेशचन्द ठकुरीलाई ४ करोड ८५ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । जनही दुई वर्षको कैद सजाय पनि इजलासले सुनाएको थियो ।
 
यस्तै, ठेकेदार बेलायती कम्पनी एस्योर्ड रिस्कका निर्देशक माइकल राइडर र नेपाल प्रतिनिधि शम्भु भारतीलाई पनि दोषी ठहर गरेको थियो। विशेषले राइडरलाई झन्डै साढे २८ करोड र भारतीलाई १४ करोड जरिवाना हुने ठहर गरेको थियो ।