मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सिसडोलमा आन्दोलन : प्रहरी र स्थानीयवासीबीच झडप

सिसडोलमा आन्दोलन : प्रहरी र स्थानीयवासीबीच झडप


काठमाडौँ । काठमाडौँको फोहर व्यवस्थापन गर्ने मुख्य क्षेत्र नुवाकोटको सिसडोलका बासिन्दा पुनः आन्दोलनमा उत्रेका छन् । 
 
नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलका बासिन्दाले क्षतिपूर्ति पुनरावलोकनलगायतका माग गर्दै ‘ल्याण्डफिल्ड साइड’ एक हप्तादेखि बन्द भएपछि वार्ता गर्न पुगेका काठमाडौँ महानगरपालिकाको टोलीसँग कुरा नमिलेपछि झडप भएको हो । झडपका क्रममा केही स्थानीयवासी र केही प्रहरी घाइते भएका छन् ।
 
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले वार्ताका लागि सहमति नजुटेपछि धकेलाधकेल हुँदा केही प्रहरी र केही स्थानीयवासी सामान्य घाइते भएको जानकारी दिए ।
 
एक हप्तादेखि काठमाडौँको फोहर उठ्न नसक्दा उपत्यकाको चोकचोकमा फोहरको थुप्रो जम्मा भएका छन् । फोहर व्यवस्थापनबारे काठमाडौँ महानगरपालिकाका प्रतिनिधि र स्थानीयवासीको छलफल भइरहेको छ ।