मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

असारभित्रै पार्टी एकताका बाँकी काम सकिन्छ : प्रधानमन्त्री

असारभित्रै पार्टी एकताका बाँकी काम सकिन्छ : प्रधानमन्त्री


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले असार महिनाभित्रै पार्टी एकताको बाँकी काम सम्पन्न गरिने बताएका छन् । 
 
जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीको अवसर पारेर मदन भण्डारी फाउन्डेशनले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकताको बाँकी काम सम्पन्न गराउन ढिलाइ भइरहेको सन्दर्भमा उक्त कुरा बताएका हुन् । 
 
उनले भने, “एकतामा ढिलाइ भयो भनेर निरास हुनुपर्ने अवस्था छैन, यस आर्थिक वर्षभित्र एकता एकीकरणका सम्पूर्ण काम सम्पन्न हुन्छन् । अर्को आवमा पार्टी गतिशील ढङ्गबाट अघि बढ्छ । 
 
वर्तमान सरकार गठन भएदेखि नै सरकारले जनताको चाहनाअनुसारको काम गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले वर्तमान सरकारले ‘सुखी नेपाली र समृद्ध नेपाल’को राष्ट्रिय आकाङ्क्षा हासिल गरेरै छाड्ने बताए ।
 
सरकार अनियमिता र भ्रष्टाचारीविरुद्ध कडा ढङ्गबाट प्रस्तुत भएको जानकारी दिँदै प्रधानमन्त्रीले भ्रष्टाचार गर्न कोही कसैलाई पनि छूट नभएको बताए । “म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न, मुलुकमा सुशासन कायम गरेरै छाडिन्छ”, उनले भने । 
 
वर्तमान सरकार गठन भएसँगै विकास निर्माणमा केन्द्रित भएको जानकारी दिँदै प्रधानमन्त्रीले यस अवधिमा जोखिम अवस्थामा रहेका तुइन विस्थापित भई ४०० भन्दा झोलुङ्गे पुल निर्माण गरिएको बताए । एक हजार किलोमिटरभन्दा बढी पक्की सडक निर्माण गरिएको उनको भनाइ थियो ।