मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ओली सरकार ढाल्न कुनै समस्या छैन : सभापति देउवा

ओली सरकार ढाल्न कुनै समस्या छैन : सभापति देउवा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढाल्ने चेतावनी दिएका छन् । 
 
सभापति देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयकहरु कुनै पनि हालतमा पारित हुन नदिने अडान राखे । 
 
उनले भने, ‘लोकतन्त्रका लागि राणा शासन ढालेको कांग्रेसले पञ्चायतलाई ढाल्यो, राजतन्त्रलाई ढाल्यो भने केपी ओली नेतृत्वको सरकारलाई ढाल्न कुनै समस्या हुँदैन ।’
 
शुक्रबार पार्टीनिकट स्थानीय तहका कर्मचारीहरुले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टीनिकट कर्मचारीहरुलाई सरकारले धेरै दुःख दिने गरेको भन्दै आक्रोश व्यक्त गरे । सरकार दुई तिहाइको दम्भमा जनविरोधी काम गर्दै गइरहेको उनको भनाइ थियो ।