मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

लोकसेवा विज्ञापनको विवाद बुधबारका लागि स¥यो

लोकसेवा विज्ञापनको विवाद बुधबारका लागि स¥यो


काठमाडौँ । सर्वोच्च अदालतमा दर्ता भएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादका चार वटा रिट निवेदनमाथि आजबाट सुनुवाइ सुरु गरिएको छ ।
 
न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा आजदेखि सुनुवाइ सुरु गरिएको हो । बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा बुधबारका लागि तय भएको छ । 
 
यसअघि न्यायाधीशद्वय कार्की र डा खतिवडाको इजलासले यही असार ४ गते आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी सबै विवाद एउटै इजलासमा सुनुवाइ गर्ने आदेश जारी गरेको थियो । आयोगले स्थानीय तहमा विभिन्न पदका लागि गरेको विज्ञापनका विषयमा सर्वोच्चमा परेका चारवटै विवादलाई एकै ठाउँमा राखेर सुनुवाइ गरेको हो ।
 
आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहका लागि भन्दै नौ हजार १६१ सिटका लागि गरेको विज्ञापनविरुद्ध चार वटा रिट निवेदन सर्वोच्च अदालतमा परेका थिए । विज्ञापन समावेशी सिद्धान्त विपरीत भएको रिट निवेदनमा उल्लेख थियो ।