मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

साङ्लोले बाँधेर रेशम चौधरीको उपचार गर्नेलाई कारबाही गर्न निर्देशन

साङ्लोले बाँधेर रेशम चौधरीको उपचार गर्नेलाई कारबाही गर्न निर्देशन


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले टीकापुर घटनाको अभियोगमा कैद सजाय भोगिरहेका सांसद रेशम चौधरीलाई उपचारका क्रममा साङ्लो लगाउनेलाई कारवाही गर्न निर्देशन दिएका छन् । 
 
उनले मुख्य सचिव लोकदर्शन रेग्मीलाई फोन गरी अस्पताल भर्ना भएका चौधरीलाई साङ्लो लगाउनेलाई कारवाही गर्न निर्देशन दिएको उनँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । 
 
“प्रधानमन्त्रीले साङ्लो तुरुन्त खोल्न र त्यो लगाउनेलाई कारवाही गर्न मुख्यसचिवलाई निर्देशन दिनुभएको छ”, उनले भने । उपचारका क्रममा बीर अस्पतालमा भर्ना भई शै्यामा रहदा चौधरीलाई साङ्लो लगाइएको थियो ।
उपचारका क्रममा साङ्लो लगाइएको घटनाको राजपालगायत रेशम चौधरी समर्थकले सामाजिक सञ्जालमा सरकारको चर्को विरोध गरेका थिए ।