मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गोरखा लैजाँदै गरेका ४१ चेपाङ बालबालिकाको उद्धार, प्रधानाध्यापक नियन्त्रणमा

गोरखा लैजाँदै गरेका ४१ चेपाङ बालबालिकाको उद्धार, प्रधानाध्यापक नियन्त्रणमा


चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाबाट गोर्खातर्फ लैजाँदै गरेका ४१ चेपाङ बालबालिकालाई स्थानीय प्रशासनले आज उद्धार गरेको छ । 
 
नगरपालीकाको वडा नम्बर १३ का ४१ बालबालिका र १३ अभिभावकलाई गोर्खाको सिरानचोक गाउँपालिका वडा नम्बर ४ छोप्राकतर्फ लैजाँदै गर्दा भरतपुरको गोन्द्राङबाट उद्धार गरिएको हो । 
 
प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतका अनुसार सूचनाका आधारमा प्रहरीचौकी गोन्द्राङलाई परिचालन गरी ती बालबालिका, अभिभावक र छोप्राकको एक विद्यालयका प्रधानाध्यापकलाई आज दिउँसो नियन्त्रणमा लिइएको हो । 
 
विद्यालयमा विद्यार्थी कम भएपछि आवासीय रुपमा पढाउने भन्दै ती प्रधानाध्यापकले बालबालिका लगेको स्वीकार गरेका छन् । 
 
प्रमुख जिल्ला अधिकारी बस्नेतले बालकल्याण समितिको निर्णयविना बालबालिका ओसारपसार गर्न नपाइने जानकारी दिए । उद्धार गरिएका बालबालिका र अभिभावकलाई नगरपालिकालाई बुझाउने र पक्राउ परेका प्रधानाध्यापकलाई थप अनुसन्धान गरिने प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । 
 
बालबालिका ओसारपसार गर्नुको कारण बारेमा अनुसन्धान गरिने बताइएको छ ।