मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने पक्राउ

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने पक्राउ


काठमाडौँ । सरकारले ल्याएको गुठी विधेयकविरुद्ध नेपाली कांग्रेस कीर्तिपुर नगरसमितिको आयोजनामा आन्दोलन चलिरहेका बेला मालपोत कार्यालयको कार्यक्रममा आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ । 
 
आन्दोलनमा प्रहरीले धरपकड गरी नगर सभापति कृष्णमान डंगोल, कोषाध्यक्ष राजिता गौतम र क्षेत्रीय प्रतिनिधि नरेशराज पाण्डेलाई पक्राउ गरेको छ । 
 
आन्दोलनका क्रममा प्रहरीको लाठीचार्जबाट जिल्ला सदस्य हिमाल कार्की, क्षेत्रीय सदस्य श्याम सुन्दर सेढाईं र वडा नं १ का उपसभापति एवम् तरुण दल नगर सदस्य अशोक ढुंगाना घाइते भएको सरोज तिवारीले बताएका छन् । 
 
यसैबीच, कांग्रेस कीर्तिपुर नगर समितिले आन्दोलनमा पक्राउ परेका नगरसभापति डंगोलसहित सबै कार्यकर्तालाई निशर्त रिहाइको माग गरेको छ । आन्दोलनका क्रममा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ ।