मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारको मनलाग्दी निर्णयप्रति कांग्रेस टुलुटुलु हेरेर बस्दैन : नेता सिंह

सरकारको मनलाग्दी निर्णयप्रति कांग्रेस टुलुटुलु हेरेर बस्दैन : नेता सिंह


काठमाडौँ । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले समृद्ध नेपालको सपना कांग्रेसबाहेक अरुले पूरा गर्न नसक्ने दाबी गरेका छन् ।  
 
नेपाली कांग्रेस भैरवी गाउँपालिका दैलेखले आयोजना गरेको गणेशमान सिंह स्मृति भवनको सिलान्यास कार्यक्रममा नेता सिंहले यस्तो बताएका हुन् ।
 
सरकार कांग्रेस केही पनि हैन, दुईतिहाइको दम्भमा मनलाग्दी निर्णय गर्दै जाने हो भने विगतमा कांग्रेसले खेलेको भूमिका सम्झन र कांग्रेस टुलुटुलु हेरेर नबस्नेसमेत उनले चेतावनी दिए ।
 
वर्तमान सरकार जे जसरी भए पनि मुलुकको राज्यसत्ता कब्जामा लिएर अधिनायकवाद लाल्न खोजिरहेको भन्दै उनले आफूहरुलाई बहुमतका नाममा गरिने असंवैधानिक कदम कदापि मान्य नहुने बताए ।
 
नेता सिंहले संघीयता कमजोर बनाउन उद्दत रहेकाले वर्तमान कम्युनिस्ट सरकारलाई विश्वास गर्न नसकिने जिकिर गरे । 
 
उनले भने, ‘मुलुकका दूरदराजमा यातायात सुविधा दिन नसक्ने, सिंहदरवारको छेउको सडकको खाल्डाखुल्डी पुर्न नसक्ने सरकारले पानीजहाज र रेलको सपना बाँड्नु हाँस्यास्पद हो । पहिला नागरिकलाई यातायात, स्वास्थ शिक्षाको सुविधा दिलाउनेतर्फ ध्यान दिनुपर्छ ।’
 
उनले सरकारका प्रधानमन्त्री–मन्त्रीको उत्ताउलो भाषणभन्दा पनि जिम्मेवारपूर्ण विचार निर्णयले मात्र तमाम समस्याको समाधान निस्कने बताए ।  
 
सिंहले सशक्त र बलियो पार्टी निर्माण गर्नु आजको आवश्यकता रहेको बताए । उनले  प्रभावकारी रुपमा पार्टी संगठन निर्माण गरेर मुलुकसामु देखिएका चुनौतीहरु सामना गर्न लाग्नुपर्ने परिस्थिति सृजना भएकाले चनाखो भएर बस्न कार्यकर्तालाई निर्देशन दिए ।
 
कार्यक्रममा नेकपालगायत अन्य पार्टी छोडेर चार दर्जनभन्दा बढी नेता, कार्यकर्ता कांग्रेस प्रवेश गरेका थिए । नवप्रवेशीलाई पार्टी सदस्यता प्रदान गर्दै नेता सिंहले स्वागत गरेका थिए ।