मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अब कामका लागि कोही विदेशिनु पर्दैन : प्रधानमन्त्री

अब कामका लागि कोही विदेशिनु पर्दैन : प्रधानमन्त्री


भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देशमा रहेका हरेक समस्या समाधानको बाटो खोजेर अगाडि बढेको बताएका छन् ।
 
भक्तपुरमा आयोजित प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको उद्घाटन गर्दै उनले हरेक समस्याको समाधान पहिल्याउँदै सरकार अगाडि बढेको दाबी गरे । 
 
उनले भने “रोजगारीका लागि विदेशमा ४० लाख युवा भौंतारिरहेका छन्, सरकार के हेरेर बसिरहेको छ ? भन्नेलाई जवाफ दिन यो कार्यक्रम एक नमूना हो ।”
 
उनले सरकार ‘डिजिटल नेपाल’ बनाउन लागिपरेको उल्लेख गर्दै प्रत्येक प्रदेश, नगर र गाउँपालिकालाई डिजिटलमय हुने बताए । 
 
अब कोही पनि नेपाली काम नपाएर विदेशिनु नपर्ने बताउँदै उनले सबैलाई देशमै रोजगारी दिन यस कार्यक्रम सुरु भएको चर्चा गरे । देशमा अब कोही पनि भोकै बस्नुपर्ने र भोकले मर्नुपर्ने अवस्थाको अन्त्य हुने दाबी उनको थियो । 
 
प्रतिक्रियावादी तत्वहरु आत्तिए
 
सरकारले बालकदेखि ज्येष्ठ नागरिकसम्मको जीवन सुरक्षाको कार्यक्रम सञ्चालन गरेकाले अब कसैलाई समस्या नपर्ने बताउँदै उनले सरकारले सुरु गरेको अभियानदेखि आत्तिएर केही प्रतिक्रियावादी तत्वहरु सक्रिय रहेको धारणा व्यक्त गरे । 
 
उनले भने, “अब जनतालाई भ्रममा राखेर भड्काउने र अलमल्याउने दिन सकिएको छ ।” 
 
मुलुकमा क्रान्तिका नाममा चन्दा उठाउने, बम पड्काउने, लुटपाट गर्ने पनि सक्रिय रहेको भन्दै उनले हिंसा र आतंकतर्फ लागेको तत्वहरु सफल नहुने जिकिर गरे । 
 
२०४ वर्ष देशलाई अँध्यारोमा राख्ने राजतन्त्र फेरि चाहियो भन्ने मुर्खसमेतको केही नलाग्ने उनले दाबी गरे ।