मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भूकम्प आउँछ भनेर अफवाह फैलाउने पक्राउ

भूकम्प आउँछ भनेर अफवाह फैलाउने पक्राउ


काठमाडौँ । भूकम्प आउँछ भनेर अफवाह फैलाएको आरोपमा प्रहरीले काठमाडौँको गौशालाबाट आज एक जनालाई पक्राउ गरेको छ । 
 
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीका अनुसार भोजपुरका जरायोटार घर भई काठमाडौँ सिनामङ्गल बस्ने अर्जुनकुमार थापा क्षेत्रीलाई पक्राउ गरिएको हो ।
 
यही जेठ २९ गतेभित्रमा भूकम्प जान्छ र प्रलय हुन्छ भनेर भविष्यवाणी गर्दै हिँडेकाले नियन्त्रणमा लिइएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताए ।
 
उनले आफूलाई ज्योतिषी हो भन्दै विभिन्न यूट्युब च्यानलमा अन्तर्वार्ता दिँदै भूकम्पको भविष्यवाणी गर्दै हिँडेको बताइएको छ ।
 
विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ मा विपद् घटना घट्ने भनेर अफवाह फैलाइ मानिसलाई डर, त्रास देखाउने क्रियाकलाप गरेमा एक लाखसम्म जरिवाना र ६ महिनासम्म कैदको व्यवस्था रहेको छ ।