मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रचण्ड र ओलीबीचको गोप्य सहमति बाहिरियो, नेकपामा भुईंचालो

प्रचण्ड र ओलीबीचको गोप्य सहमति बाहिरियो, नेकपामा भुईंचालो


हिमालयखबर संवाददाता 
काठमाडौँ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणपश्चात् पोलिटव्यूरो गठनलगायतका विषयमा विवाद कायमै रहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सहमतिअनुसार अब आफूले सरकार वा पार्टीको नेतृत्व पाउनुपर्ने बताएका छन् । 
 
पार्टी एकीकरणका दौरान भएको समझदारीअनुसार आफ्नो भूमिका परिभाषित हुनुपर्ने प्रचण्डको दाबी छ । प्राइभ टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा प्रचण्डले सरकारको नेतृत्व आलोपालो गरेर जाने समझदारी रहेको बताएका छन् । 
 
प्रधानमन्त्री ओली दिल्ली भ्रमणमा रहेका बेला ‘सरकारको नेतृत्व आलोपालो’ गर्ने सहमति खुलासा भएपछि नेकपाभित्र भुईंचालो गएको छ । प्रचण्डले स्पष्टरुपमै भनेका छन्, ‘सहमतिको लिखित ने बाहिर आइसकेको छ । यसमा धेरै प्रश्न गर्नुपर्ने म आवश्यकता नै ठान्दिनँ ।’
 
सम्झौता कार्यान्वयन गर्नेमा प्रधानमन्त्रीसँग आफ्नो कुनै शंका नरहेको पनि प्रचण्डले दोह¥याएका छन् । सरकारले जनअपेक्षाअनुसार काम गरे र पार्टीमा आफ्नो भूमिका स्पष्ट भए प्रधानमन्त्रीमा ओली नै पाँच वर्षसम्म निरन्तर हुनसक्ने पनि उनले बताएका छन् । उनले अन्तर्वार्तामा भनेका छन्,‘केपीजी र मेरो कुरा हुँदा सहमतिअनुसार जाने नै भन्ने छ । म अहिले नै आशंका गर्दिनँ ।’
 
आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको हो ? भन्ने प्रश्नमा पुनः प्रचण्डले थपेका छन्, ‘म पनि एउटा नेताको हिसाबले मेरो जिम्मेवारी पनि परिभाषित हुनुपर्छ । त्यसो भएमा सरकारको नेतृत्व एउटा अध्यक्षले पार्टीको नेतृत्व अर्को अध्यक्षले गर्दा सन्तुलन मिल्छ । म प्रधानमन्त्री भइरहनु पर्दैन । पार्टी अध्यक्षका रुपमा मैले भूमिका खेल्छु । यसबारेमा पार्टी पंक्तिमा छलफल चलिरहेको छ ।’
 
जनताका कतिपय विषयमा आफूले सार्वजनिक मञ्चमा धारणा राख्दा प्रचण्ड प्रधानमन्त्री पो बन्न लाग्यो कि भन्ने प्रश्न जन्माइएको भन्दै उनले आफूलाई प्रधानमन्त्री बन्ने कुनै पनि हतारो नभएको बताएका छन् । सरकारले सुशासन र जनअपेक्षाका काम गरेमा ओली प्रधानमन्त्री हुँदा आफूलाई कुनै संकोच नरहेको प्रचण्डको भनाइ छ । 
 
तर, प्रधानमन्त्री ओलीले पार्टी सञ्चालनको जिम्मेवारी आफूलाई दिन पनि कुनै संकोच मान्न नहुने प्रचण्डको भनाइ छ। ‘एकताको सहमतिप्रति इमानदार हुनुपर्छ । अहिले म आशंका गर्दिनँ । समय आएपछि प्रधानमन्त्रीले सत्ता हस्तान्तरण गर्न अप्ठ्यारो मान्नुहुन्न । म लिन पनि अप्ठ्यारो मान्दिनँ ।’
 
उनको भनाइबाटै प्रचण्डमा आधा कार्यकाल सरकारको नेतृत्व लिन इच्छा रहेको प्रष्ट हुन्छ । उनले ओलीसँग तत्कालका लागि कुनै विषयमा दुरी नरहेको बताउँदै सहमति कार्यान्वयनमा र छलफलबाट निर्णय लिने विषयमा सबै जिम्मेवार हुनुपर्ने आवश्यकता दर्शाएका छन् । 
 
समानताका आधारमा सरकारको नेतृत्व आलोपालो गर्ने भनिएकोमा केपी शर्मा ओलीले १५ महिना सरकारको नेतृत्व गरिसकेका छन् । अब उनको अढाइ वर्षे कार्यकाल पूरा हुन मात्र १५ महिना बाँकी छ ।
 
केपीको १५ महिना म्याद बाँकी रहँदै गोप्य सहमति बाहिरिएपछि नेकपामा साँच्चै भुईंचालो गएको छ । 
 
प्रचण्डको सहमतिको खुलासाले पार्टी एकतालाई संकटमा पार्ने नेकपाका नेताहरूको विश्लेषण छ । पार्टी एकता भएको एकवर्षको अवधिमा नेकपाले प्रदेश, जिल्ला तह र जनसंगठनको नेतृत्व बाँडफाँट गरेको छ । जिल्ला कमिटीले पूर्णता पाएका छैनन् । जनसंगठनको हालत पनि त्यस्तै छ । तर, प्रचण्डको पछिल्लो अभिव्यक्तिले एकताको थाती रहेका कामलाई पर धकेल्ने र आन्तरिक एकता विथोल्ने ती नेताको बुझाइ छ ।
 
तत्कालीन एमाले र माओवादी केन्द्रवीच पार्टी एकता घोषणा हुनुभन्दा एक दिनअघि ०७४ साल जेठ २ गते प्रचण्ड र केपी ओलीबीच पाँचबुँदे गोप्य सम्झौता भएको थियो, जसमा चौथो नम्बर बुँदामा आलो–पालो सरकारको नेतृत्व गर्ने भनिएको छ । 
 
गोप्य सहमतिमा प्रचण्ड र ओलीका साथै तत्कालीन एमाले उपमहासचिव विष्णुप्रसाद पौडेल र माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य जर्नादन शर्मा प्रभाकरको हस्ताक्षर गरिएको छ । 
 
हेर्नुहोस् गोप्य सहमति–

शेयर गर्नुहोस:

0
Shares