मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गणतन्त्र नरुचाउने तत्वको योजना सफल हुँदैन : प्रचण्ड

गणतन्त्र नरुचाउने तत्वको योजना सफल हुँदैन : प्रचण्ड


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा गणतन्त्र नरुचाउने तत्वको योजना सफल नहुने बताएका छन् । 
 
ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिकामा शहीद क्याप्टेन यज्ञबहादुर थापाको शालिक शिलान्यास गर्दै अध्यक्ष दाहालले शान्ति सम्झौताको विरुद्धमा केही समूह लागि परेको भए पनि त्यो सफल नहुने दाबी गरे । 
 
गणतन्त्र प्राप्तिपछि सिङ्गो मुलुकको विकासले गति लिए पनि केही व्यक्ति र समूहका स्वार्थ पूरा नभएकाले त्यो शक्ति सक्रिय बन्न थालेको उनको भनाइ थियो । विप्लप नेतृत्व समूहका पछिल्ला गतिविधिलाई सङ्केत गर्दै अध्यक्ष दाहालले सरकारसँग वार्ता गरेर मूलधारको राजनीतिमा आएर मुलुक निर्माणमा जुट्न आग्रह गरे ।
 
“केही व्यक्ति र समूहका सीमित स्वार्थ केन्द्रित अभियान चलाएर फेरि जनतालाई भ्रम नफैलाउनुस् । वार्ता र संवाद्का माध्यमबाट मूलधारमा आउनुस् म सरकार विरोधी भनिएका शक्तिलाई अनुरोध गर्दछु”, पूर्वप्रधानमन्त्री समेत रहनुेका दाहालले भने, “अब नेपालमा कुनै युद्ध र आन्दोलन सम्भव छैन र आवश्यकता पनि होइन । कसैले त्यो सोचेको भए सफल हुँदैन ।”
 
गणतन्त्र प्राप्तिपछि बनेको संविधानले समाजवाद उन्मुख राज्यको परिकल्पना गरेकाले अब गरिने आन्दोलन रु तीन करोड नेपालीको भावना विपरीत हुने उनको भनाइ थियो ।
 
पूर्वप्रधानमन्त्री दाहालले शहीद यज्ञबहादुर थापाकी धर्मपत्नी पूर्णकुमारी थापा सहितका शहीद परिवारसँग भेट गरे । शहीद परिवारका सदस्यलाई सम्बोधन गर्न सरकारलाई सुझाव दिने अध्यक्ष दाहालले आश्वासनसमेत दिए । 
उहाँले शहीद थापाको जन्मस्थानमा निर्माण गरिने पूर्णकदको सालिक शिलान्यास गरे ।