मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्री ओलीलाई मोदीको निम्तो

प्रधानमन्त्री ओलीलाई मोदीको निम्तो


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा नेपाल र भारतका प्रधानमन्त्रीबीच भेटवार्ता हुने बताएका छन् ।
 
रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले द्विपक्षीय महत्वका विषयमा दुवै प्रधानमन्त्रीबीच छलफल हुने जानकारी दिए ।
 
नेपाल र भारतबीच विगतदेखि नै घनिष्ठ सम्बन्ध कायम रहेका कारण आगामी दिनमा पनि उक्त सम्बन्धलाई थप सुमधुर र मैत्रीपूर्ण बनाउनुपर्ने बताउँदै उनले भने, “भारतीय प्रधानमन्त्रीको शपथमा सहभागी हुनको लागि निम्तो आएको छ, विमस्टेक राष्ट्रका सबै सदस्य सहभागी हुने कार्यक्रम छ, यो छोटो भ्रमण हो ।” 
 
भट्टराईका अनुसार बिहीबार साँझ हुने सपथ ग्रहणमा सहभागी भएर प्रधानमन्त्री ओली भोलिपल्ट स्वदेश फर्कने कार्यक्रम छ । 
 
पूर्वराजदूत दुर्गेशमान सिंहले उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीको भ्रमणले पछिल्लो समय बढ्दै गएको व्यापार घाटा, सीमा समस्यालगायत विषय समाधान गर्नका लागि अवसर प्रदान गर्ने हुँदा यसलाई अर्थपूर्ण रूपमा लिनुपर्ने बताए । 
 
उनले नेपाल र भारतबीच संस्कृति, भाषा, व्यापारिक कारोवारलगायत बहुआयामिक सम्बन्ध रहेको बताए ।