मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

महिला बेचबिखनमा संलग्न तीन जना पक्राउ

महिला बेचबिखनमा संलग्न तीन जना पक्राउ


हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मानव बेचबिखन तथा ओसार–पसारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
 
हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलबाट प्रहरी टोली, माइती नेपाल र साना हातहरू नेपालको सहयोगमा एक युवतीसहित दुई युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
 
पक्राउ पर्नेमा नुवाकोट कल्याणपुर गाउँपालिका–९ घर भई हाल भारतको कलकत्ता बस्ने २४ वर्षीया कविता भन्ने मनिका तामाङ, भारतको झारखण्ड राज्यको राँची बस्ने २६ वर्षीय अंशु साहु र सोही ठाउँ बस्ने २३ वर्षीय राजाराम महतो रहेका छन् ।
 
उनीहरूले दुई युवतीलाई प्रलोभन देखाउँदै काठमाडौँबाट वीरगञ्ज हुँदै भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
 
मानव बेचबिखन र ओसारपसारमा संलग्न भएको आरोपमा तीन जनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।