मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विस्फोटमा नागरिकको मृत्यु भएको छैन : गृहमन्त्री

विस्फोटमा नागरिकको मृत्यु भएको छैन : गृहमन्त्री


काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले काठमाडौंमा भएका छुट्टाछुट्टै विष्फोटमा परी मृत्यु भएकाहरु चारैजना प्रतिबन्धित समूह नेकपाका कार्यकर्ता भएको बताएका छन् । 
 
सोमबार प्रतिनिधिसभा संसदमा सार्वजनिक महत्वको विषयमा बोल्दै गृहमन्त्री थापाले आइतबार भएका विष्फोटमा परी घाइते भएका अधिकांश व्यक्ति पनि प्रतिबन्धित नेकपाका कार्यकर्ताहरु भएको दाबी गरे । 
 
“नेकपा विप्लव भनिने समूहको मूल निशाना उपत्यका बनेको छ । हिजो भएका विष्फोटका घटनामा चारजनाको मृत्यु भएको छ । केही घाइते भएका छन्,’ उनले भने, “विष्फोटमा नागरिकको मृत्यु भएको छैन, समूहसँग सम्बद्धको मृत्यु भएको छ । घाइतेहरु पनि अधिकांश समूहसँग आवद्ध छन् ।’
 
उनले नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा रहेको नेकपाले जनसरकारको रुपमा जनपरिषद र जनसेनाको रुपमा चारवटा कम्पनी दर्ता गरेर आवान्छित गतिविधि गरिरहेको जानकारी सरकारसँग रहेको पनि बताए । 
गृहमन्त्री थापाले उक्त समूहलाई नियन्त्रण गरेर वार्ताद्वारा समस्या समाधानका लागि पहल गरिरहेको पनि जानकारी दिए । 
 
‘नेकपा विप्लव भनिने समूहलाई नियन्त्रण गरेर वार्ताको प्रयास अगाडि बढाइरहेका छौं । उनीहरुलाई मुलधारमा ल्याउन, उनीहरुका गतिविधिहरु नियन्त्रण गर्न राज्य प्रयासरत छ,’ उनले भने ।