मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मिडिया काउन्सिल विधेयक सच्याउनुपर्छ : गौतम

मिडिया काउन्सिल विधेयक सच्याउनुपर्छ : गौतम


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले प्रस्तावित मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याएरमात्रै पारित गर्नुपर्ने बताएका छन् । 
 
नेता गौतमले बिहीबार विज्ञप्ति जारी गरी राष्ट्रियसभा सचिवालयमा दर्ता रहेको विधेयकका कतिपय विवादास्पद प्रावधानप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै विधेयकका केही प्रावधान नेपालको संविधानको अक्षर र भावनाअनुरुप बनाउनुपर्ने आवश्यकता रहेको बताए । 
 
उनले विधेयकका विवादास्पद प्रावधान सञ्चार क्षेत्रका जिम्मेवार एवं सरोकारवालासँग छलफल गरी टुङ्गो लगाउन र अहिलेकै अवस्थामा अघि नबढाउनसमेत सरकारसँग आग्रह गरेका छन् । 
 
“सरकार, राजनीतिक पार्टी र प्रेस सबै मर्यादित र अनुशासित हुनुपर्दछ भन्ने विचारसँग म पूर्ण सहमत छु तर समाचार लेखेकै आधारमा पत्रकारलाई रु दश–दश लाखसम्म जरिवाना गर्नेजस्ता कठोर प्रावधान उचित लाग्दैन”, उनले विज्ञप्तिमा भनेका छन् । 
 
स्वतन्त्र प्रेस र व्यावसायिक पत्रकारिता लोकतन्त्रका खम्बा भएको बताउँदै उहाँले प्रेस, व्यावसायिक पत्रकार र सञ्चारकर्मीलाई स्वतन्त्र, निष्पक्ष, निर्भिक एवं सुरक्षित वातावरणमा काम गर्ने अवस्था राज्यले निर्माण गर्न उनले आग्रह गरे ।
 
नेता गौतमले कुनै पनि व्यक्तिको चरित्र हत्या हुने, बदलाको भावनाले परिचालित हुने र राष्ट्रिय हितलाई बेवास्ता गर्ने क्रियाकलाप सञ्चार क्षेत्रमा प्रकट हुन नदिन सबै सञ्चारकर्मीलाई समेत अनुरोध गरेका छन् ।