काठमाडौँ । बालुवाटारको सरकारी जग्गा खरिदगरी विवादमा तानिएका नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले ललिता निवास जग्गा प्रकरणको यथार्थ छानबिनका लागि माग गरेका छन् ।
संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको सोमबारको छलफलका क्रममा उनले ललिता निवास जग्गा प्रकरणमा दोषी ठहरिए जुनसुकै सजाय भोग्न पनि आफू तयार रहेको बताए ।
महासचिव पौडेलले भने, “ललिता निवास जग्गा प्रकरणमा केही नेतासहित मेरो पनि नाम जोड्ने प्रयास भएपछि यस विषयमा विज्ञप्तिमार्फत आफूले स्पष्ट गरिसकेको छु ।”
उनले नीति तथा कार्यक्रमले जनतासँग गरिएको प्रतिबद्धताअनुरुप तीव्र आर्थिक विकास हासिल गर्न योगदान दिने रसमृद्धिका लागि योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया