मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पूर्वराजा ज्ञानेन्द्रले मनाए ५० औं वैवाहिक वर्षगाँठ

पूर्वराजा ज्ञानेन्द्रले मनाए ५० औं वैवाहिक वर्षगाँठ


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल शाहले ५० औं वैवाहिक वर्षगाँठ मनाएका छन् । ललितपुरको एक होटलमा रात्रिभोजको आयोजना गरी उनीहरुले वर्षगाँठ मनाएका हुन् । 
 
होटल भिभान्तमा आफन्त तथा नातेदारलाई बोलाएर गरिएको वर्षगाँठ कार्यक्रममा पूर्वयुवराज पारस र पूर्वयुवराज्ञी हिमानी पनि सहभागी भएका थिए । 
 
लामो समयपछि पारस र हिमानी एउटै कार्यक्रममा भेट भएका हुन् । पारस धापासीस्थित कुण्डलिनी क्लबमा र हिमानी सासु ससुरासँग निर्मल निवासमा बस्दै आएकी छिन् । 
 
रात्रिभोजमा पारस–हिमानीका सन्तानहरु छोरा हृदयेन्द्र र दुई छोरीहरु पनि सहभागी थिए । 
 
झण्डै दुई सय जना सहभागी रहेको उक्त रात्रिभोज आफ्नै लगानी रहेको सोल्टी होटलमा नगरी भिभान्तमा गर्नुलाई भने आश्चर्यजनक रुपले लिइएको छ । पूर्वराजाका अधिकांश कार्यक्रम यसअघि होटल सोल्टीमै हुने गरेका थिए । एजेन्सी
 

शेयर गर्नुहोस:

0
Shares