मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाली कांग्रेस मजदूरको पार्टी : नेता भण्डारी

नेपाली कांग्रेस मजदूरको पार्टी : नेता भण्डारी


दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले काङ्ग्रेस मजदूरको पार्टी भएको बताएका छन् ।
 
१३० अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यक्रममा नेता भण्डारीले मजदूरको हकहित सुनिश्चित गर्नका लागि पार्टी सधैँ क्रियाशील रहेको उल्लेख गरे ।
 
उनले मजदूरको हकहित सुनिश्चित गर्नका लागि कांग्रेसको अगुवाइमा टे«ड युनियनको स्थापना गरी मजदूरलाई एकताबद्ध बनाउने कार्यको थालनी भएको दाबी गरे ।
 
नेता भण्डारीले टे«ड युनियनमा आबद्ध हुँदै मजदूर पार्टीको लक्ष्यप्रति अझ प्रतिबद्ध बन्नुपर्नेमा जोड दिए । बीपी कोइरालाको अवधारणाले अहिले मजदूरलाई संगठित बनाउँदै उनीहरुको हकहितका लागि सहज वातावरण निर्माण गरेको नेता भण्डारीले बताए । बीपी कोइरालाले परिकल्पना गरेको अवधारणाले नेपालको अर्थतन्त्रलाई मजबुद बनाएर सार्थक तुल्याएको उनले बताए ।
 
संविधानसभाका पूर्वसदस्य रामचन्द्र पोखरेल, गण्डकी प्रदेशसभा सदस्य डोबाटे विक, नेपाली काङ्ग्रेस तनहुँका सभापति एवं व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, ट्रेड युनियन काङ्ग्रेस तनहँुका सभापति सूर्यचन्द्र हड्खलेलगायतले मजदूरको हकहितका लागि काङ्ग्रेसले मात्रै भूमिका खेल्न सक्ने बताए ।

शेयर गर्नुहोस:

0
Shares