मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारले संघीयताविरोधी कानुन ल्याएको छैन : गृहमन्त्री

सरकारले संघीयताविरोधी कानुन ल्याएको छैन : गृहमन्त्री


जनकपुरधाम (रासस) । गृहमन्त्री रामबहादुर थापाले प्रदेश नं २ को सरकारले प्रमुख जिल्ला अधिकारी राख्ने भन्ने  कुरा आफूलाई जानकारी नभएको बताएका छन् । 
 
गृहमन्त्रालयद्वारा शनिबार जनकपुरधाममा आयोेजित प्रदेश नं २ स्तरीय सुरक्षा गोष्ठीमा मन्त्री थापाले संविधानमा दुईवटा प्रमुख जिल्ला अधिकारीको व्यवस्था नभएको बताए । 
 
सरकारले संघीयताविरोधी कुनै पनि विधेयक नल्याएको बताउँदै मन्त्री थापालेले संघले संविधानअनुसार नै प्रदेश प्रहरीको व्यवस्थापन गर्ने बताए । 
 
उनले सरकारले नागरिकता समस्या हल गरिसकेको बताउँदै सर्वोच्च अदालतले विसं २०५४ को नागरिकताबारे आदेश दिएको र विगतमा सोको बारेमा पनि सरकारले स्पष्ट कारण दिई विसं २०५८ को नागरिकताको समस्या हल गरेको स्पष्ट पारे ।
 
मन्त्री थापाले पछिल्लो एक वर्षको अवधिमा मुलुकमा सुशासन, शान्ति, सुरक्षा स्थितिको सुदृढ गर्ने काम भएको दाबी गर्दै स्वतन्त्र मधेसको माग राख्ने सिके राउतलाई राजनीतिको मूलधारमा ल्याउने र संविधान विरोधी शक्तिको गतिविधिलाई निस्तेज पारेर राष्ट्रिय अखण्डता र शान्ति सुरक्षा कायममा मह¤वपूर्ण उपलब्धि हासिल गरे बताए । संविधान विरोधीलाई पनि मूलधारमा ल्याउन सरकार प्रयासरत रहेको उनको भनाइ थियो । 
 
मन्त्री थापाले पछिल्लो एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय सम्बन्धमा गुणात्मक रूपले सुधार र लगानी प्रवद्र्धनको मह¤वपूर्ण आधार खडा भएको बताउँदै आगामी लक्ष्य आर्थिक विकास दरमा वृद्धि रहेको धारणा राखे ।