मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रदेश नं ३ को राजधानी अझै टुंगो लागेन

प्रदेश नं ३ को राजधानी अझै टुंगो लागेन


हेटौँडा । ३ नम्बर प्रदेशको राजधानीको विषय अझै अन्योलमा रहेको छ । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राजधानीको विषयको कुरा उठे पनि सरकारले त्यसमाथि खास ध्यान नदिएको सहभागी सांसद्ले जानकारी दिएका छन् । 
 
सरकारले हिउ“दे अधिवेशनभित्रमा राजधानी र नामकरणको विषय टुंगो लगाउने संसद्मा दाबी गरे पनि तत्काल भने राजधानीको विषयले प्रवेश पाउने भने देखिँदैन । प्रदेशसभाको आज बुधबार र पर्सि शुक्रबारको बैठकमा ३ नम्बर प्रदेशसभाको इतिहासमै शून्य समय रहने भएको छ । 
 
यसैबीच पा“च दिनपछि बसेको ३ नम्बर प्रदेशको प्रदेशसभा बैठक १० मिनेटमै सकिएको छ । चैत २८ गते स्थगित भएको बैठक वैशाख ३ गते बसेको थियो । मंगलबार दिउ“सो १ बजेर ६ मिनेटमा सुरू भएको बैठक १ बजेर १६ मिनेटमै सकिएको हो । 
 
बैठकमा चारवटा विधेयकहरु दफावार छलफलका लागि समितिमा पठाइएको थियो भने एउटा विधेयक दफावार छलफलपछि प्रदेशसभामा प्रस्तुत भएको थियो । प्रादेशिक कृषि व्यवसायसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश बीउविजनसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइएको छ । 
 
मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइएको छ । साथै, प्रादेशिक व्यापार व्यवसायसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि उद्योग, पर्यटन तथा वातावरण समितिमा पठाइएको छ ।  
 
प्रदेशसभामा सांसद्हरुको संख्यासमेत थोरै थियो । बैठक बसेपछि थोरै समयमै सकिँदा प्रदेशसभा सदस्यहरु समेत फुर्सदिला भएका छन् । बैठक आज बुधबार १ बजेसम्मका लागि स्थगित भएको छ ।