काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालप्रति पर्यटकको सकारात्मक दृष्टिकोण बनाउन विमानस्थलका कर्मचारीको आचरणमा सुधार ल्याउनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिको तेस्रो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विमानस्थलका कर्मचारीले विदेशी पर्यटकलाई अनावश्यक सोधखोज गर्ने, नियम कानूनभन्दा बाहिर गएर व्यवहार गर्दा पर्यटकले नेपालप्रतिको सोचाइ सकारात्मक बनाउन नसक्ने बताए ।
“सबैभन्दा पहिला विमानस्थलका अधिकृतलाई तालिम दिनुपर्दछ, उनीहरुलाई दम्भ छोड भन्नुपर्छ, देशको ‘इमेज’ बिग्रने गरी पर्यटकसँग व्यवहार गर्नु भएन, विमानस्थलमा त नेपालका बारेमा सकारात्मक सन्देश दिएर स्वागत गर्ने हो”, प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्षको तयारीका लागि सबै क्षेत्रलाई एकजुट भएर लाग्न आग्रह गरे । सन् २०१९ भरीमा ट्राफिक व्यवस्थापन गरिसक्न, सडक सफा गर्न, होटल तथा अन्य पयर्टक आउजाउ गर्ने क्षेत्रका मानिसलाई पर्यटकमैत्री व्यवहार गर्न सिकाउनुपर्नेमा उनले जोड दिए






प्रतिक्रिया