मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाल–भारत सीमा क्षेत्रमा उच्च सतर्कता

नेपाल–भारत सीमा क्षेत्रमा उच्च सतर्कता


पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा शान्ति सुरक्षाको स्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाएको जनाएको छ । 
 
सीमा सुरक्षाका साथै हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले उच्च सतर्कता अपनाइएको सशस्त्र प्रहरी बल २६ नं गण बेलासपुर नवलपरासीले जनाएको छ । 
 
विशेषगरी सशस्त्र प्रहरीले आफ्नो लक्ष्य र उद्देश्यअनुसार काम गर्न सीमा क्षेत्रमा फोर्स मार्च, लामो दूरीको गस्ती (एलआरपी) र क्रस पेट्रोलिङ (दुवै देशका सुरक्षाकर्मीद्वारा संयुक्त सुरक्षागस्ती) गरिँदै आएको गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गाहरधन राईले बताए । 
 
विशेषगरी सीमा क्षेत्रमा हुनसक्ने सबै प्रकारका सुरक्षा संवेदनशीलता र जुनसुकै प्रकारको आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सीमा क्षेत्रमा रहेको भारतीय सुरक्षा निकायसँग समन्वय गरी काम गरिँदै आएको कार्यालयले जनाएको छ ।
 
पश्चिम नवलपरासीमा नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत दक्षिण–पश्चिम पाल्हीनन्दनको सनहीदेखि पूर्वी दक्षिण सुस्ताको पक्लीहवा क्षेत्रसम्म करीब २८ किलोमिटरको भू–भाग छ । नेपाल–भारत सीमा क्षेत्रमा कूल १६ वटा सीमा स्तम्भ रहेका छन् । सनहीबाट ४९७ नं को सीमा स्तम्भ सुई भई पक्लीहवासम्म  ५०९ नं को सीमा स्तम्भ रहेका छन् । 
 
विशेषगरी सीमा क्षेत्रमा भइरहेको बढ्दो चोरी तस्करीलाई र अन्य आपराधिक नियन्त्रण गर्नका लागि सशस्त्र प्रहरी सीमा बल र भारतीय एसएसबीले संयुक्त गस्ती गर्दै आएका छन् । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको २६ नं गणसहित सो गणअन्तर्गत सशस्त्र प्रहरीको  गुठीप्रसौनी, सुस्ता, हरपुर र सेमरी युनिटसमेत रहेका छन् ।