मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विप्लव समूहका ५४० नेता कार्यकर्ता पक्राउ

विप्लव समूहका ५४० नेता कार्यकर्ता पक्राउ


काठमाडौँ । नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ५४० नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।
 
प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै वैशाखदेखि हालसम्म देशका विभिन्न भागबाट उनीहरुलाई पक्राउ गरेको हो । वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भदौमा ४२, असोजमा ३३, कात्तिकमा दुई, मङ्सिरमा चार, पुसमा १२, माघमा २३, फागुनमा ७३ र चैतमा १०४ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । 
 
पक्राउ परेकासँग प्रहरीले चन्दा संकलनको लेटरप्याड, सरकारविरुद्धको पर्चा पम्पेट, सैन्य तालीम गराउने दस्तावेजलगायतका सामग्री बरामदसमेत गरेको छ । 
 
प्रहरी प्रवक्ता सुवेदीले राज्यविरुद्धको गतिविधि गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको बताए ।
 
उनले पक्राउ परेकालाई अनुसन्धान गरेर केहीलाई छाडेको र केहीलाई विभिन्न कसुरअन्तर्गत मुद्दा चलाएको बताए । 
 
विप्लव समूहले फागुनमा ललितपुरमा गराएको बम विष्फोटबाट एकको निधन भएको थियो भने यसभन्दा पहिले दुईको मृत्यु भएको थियो ।