मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अपहरणको नाटक गरी परिवारसँग २३ लाख फिरौती माग्ने पक्राउ

अपहरणको नाटक गरी परिवारसँग २३ लाख फिरौती माग्ने पक्राउ


काठमाडौँ । अपहरणको नाटक गरी फिरौती माग्ने एक जनालाई प्रहरीको अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ । दार्चुला जिल्लाको नौगाड गाउँपालिका– ६ का २६ वर्षीय जयभानसिंह धामीलाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता केदार ढकालले जानकारी दिए । 
 
महाशाखामा आएको सूचनाको आधारमा खोजी गर्दा उनलाई शनिबार काठमाडौँको चावहिलबाट पक्राउ गरिएका हो । उनलाई अपरिचित व्यक्तिले अपहरण गरी रू २३ लाख फिरौती रकम माग गरेको भन्ने सूचनाको आधारमा प्रहरीले खोजी गरेको थियो । तर पछि उनले अपहरणको नाटक गरेको खुल्न आएको छ । 
 
सोधपुछ गर्ने क्रममा अपहरणमा परेको नभई लेनदेनको कारणले आफ्नै परिवारसँग फिरौती रकम माग गरी अपहरणको नाटक गरेको उनले स्वीकार गरेको महाशाखाले आज जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ । रासस
 

शेयर गर्नुहोस:

0
Shares