मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रतिबन्ध नहटाए सरकारविरूद्ध प्रतिबन्ध : विप्लव

प्रतिबन्ध नहटाए सरकारविरूद्ध प्रतिबन्ध : विप्लव


नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारले चैतभित्र पार्टीमाथिको प्रतिबन्ध नहटाए सरकारविरूद्ध प्रतिबन्ध र आमहडताल गर्ने चेतावनी दिएका छन् ।
 
आफ्ना नेता कार्यकर्ताहरू धमाधम पक्राउ पर्न थालेपछि चन्दले सोमबार एक विज्ञप्ति जारी गरी प्रतिबन्ध नहटाइए सरकारविरूद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् ।
 
विज्ञप्तिमा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीसहित नेता कार्यकर्ता पक्राउविरूद्ध चैत १६ गते नेपाल बन्द गर्ने घोषणा गरिएको छ ।
 
विप्लवद्वारा जारी विज्ञप्तिमा चैत २४ गतेसम्म विभिन्न कार्यक्रम गर्ने उल्लेख गरिएको छ । चैत १३ गते देशभर चोक जुलुस, १४ गते देशभर कोणसभा, १५ गते मसाल जुलुस, १६ गते बन्द, १९ गते अन्तरक्रिया, २१ गते जनवर्गीय संगठनको विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन र २४ गते देशव्यापी जनसभा र जनप्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।
 
विज्ञप्तिमा आफ्नो असफलता, बदनामी र संकटलाई छोप्न सरकारले अशान्ति मच्चाएको, चन्दा उठाएको हवाला दिँदै नेपाली आफ्नो पार्टीमाथि प्रतिबन्ध घोषणा गरेको चन्दले बताएका छन् ।
 
‘प्रतिबन्ध र दमन हटाउनुको सट्टा चर्काएर सरकारले वस्तुतः देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

शेयर गर्नुहोस:

0
Shares