मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारले वास्तविक तथ्यांक लुकायो : नेता पाण्डे

सरकारले वास्तविक तथ्यांक लुकायो : नेता पाण्डे


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले आइतबारको राष्ट्रियसभामा सरकारले आफूलाई अनुकूल हुने तथ्यांकमात्र प्रस्तुत गरेको बताएका छन् । 
 
राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले धान उत्पादन बढेको तथ्यांक प्रस्तुत गरेर कुल गार्हस्थ उत्पादनको वास्तविकता सार्वजनिक नगरेको टिप्पणी गरे । 
 
“सरकारले आफ्नो कार्यकालमा गरेका उपलब्धिको सही तथ्याङ्क प्रस्तुत गरोस्, अघिका तथ्यांक ल्याएर उपलब्धि देखाउने काम नहोस्, विसं २०४६ सम्मको उपलब्धि र त्यसपछिको तथ्यांकको सही विश्लेषण हुनुपर्छ”, नेता पाण्डेले भने । 
 
एक वर्षको संसदीय गतिविधिमा सरकारको छायाँ बन्न पुगेका आरोप लगाउँदै उनले संसदीय सर्वोच्चताको सम्मान गर्न अनुरोध गरे । 
 
बैठकमा सङ्घीय समाजवादी फोरम नेपालका सांसद प्रमिला कुमारीले देशमा पृथकीकरण र केन्द्रीकरणको खतरा बढेको बताउँदै संविधान संशोधनको मुद्दामा सम्झौता गरी सरकारमा गए पनि कार्यान्वयन नभएकाप्रति असहमति प्रकट गरिन् । 
 
राष्ट्रिय जनता पार्टी नेपालका सांसद रमेशकुमार यादवले तराई–मेधसमा भएको आन्दोलनको छानबिन गर्न गठित गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरे ।

शेयर गर्नुहोस:

0
Shares