मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

स्काउटका परिषद् अध्यक्षको बिदाइ

स्काउटका परिषद् अध्यक्षको बिदाइ


भरतपुर । नेपाल स्काउट चितवनका जिल्ला परिषद् अध्यक्ष एवम् शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दीपेन्द्र सुवेदीलाई चितवनबाट बिदाइ गरिएको छ । 
 
चितवनबाट सरुवा भएका सुवेदीले चितवनमा रहँदा स्काउटको उन्नयनमा पु¥याएको योगदानको कदर गर्दै स्काउट चितवनका जिल्ला आयुक्त तीर्थराज न्यौपानेले मायाको चिनो र पुष्पगुच्छासहित बिदाइ गरेका हुन् । 
 
बिदाइ समारोहमा आयुक्त न्यौपाने, सदस्य सचिव रामप्रसाद पोखरेल, सदस्य गायत्री शर्मा, ईन्दु सुवेदी, स्काउटर रामजी अधिकारी, दिलीप न्यौपानेलगायतले सुवेदीको सेवा भावना स्मरणीय रहेको बताउँदै चितवन स्काउटले उनको प्रगतिको कामना गरेका थिए ।   
 

शेयर गर्नुहोस:

0
Shares