मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राप्रपाले सत्ताको लागि राजनीति गर्दैन : अध्यक्ष थापा

राप्रपाले सत्ताको लागि राजनीति गर्दैन : अध्यक्ष थापा


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मेची महाकाली स्वाभिमान यात्रा शुक्रबार काठमाडौँमा समापन गरिएको छ । 
 
भृकुटीमण्डपमा आयोजित समापन समारोहमा पार्टी अध्यक्ष कमल थापाले अब राप्रपाले सत्ताको लागि राजनीति नगर्ने उद्घोष गरे । 
 
उनले भने, “ राप्रपाले जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा छोड्नेछैन, जस्तोसुकै कठिन अवस्थामा पनि नेपाली जनतालाई धोका दिनेछैन ।” 
 
उनले विगतका त्रुटीका कारण जनतामा पर्न गएको खिन्नताप्रति दुःख व्यक्त गर्दै क्षमा याचना गरे । स्वाभिमान यात्रा रमाइलो, घुमफिर र प्रचारका लागि नभएर स्वाभिमानको सन्देश दिन भएको उनले प्रष्ट्याए । 
 
स्वाभिमान यात्राको मुख्य उद्देश्य हिन्दुराष्ट्र कायम गर्नु रहेको बताउँदै उनले राजसंस्था पुनर्स्थापना, भ्रष्टाचार नियन्त्रण, गरिबी निवारण र अन्य समस्याको समाधानका निमित्त जनतालाई जागरुक र सरकारलाई दबाब दिनु अर्को उद्देश्य भएको बताए । 
 
आफूहरुको अभियानले हिन्दुराष्ट्र, राजंसंस्थासहितको लोकतन्त्र, राष्ट्रिय अखन्डताका पक्षमा लहर सृजना गरेको दाबी गर्दै उनले अभियानले गाउँघर ब्युँझाउन सफल भएको बताए । 
 
यात्रा फागुन १५ गते ताप्लेजुङबाट सुरु भएको थियो । त्यसअघि राप्रपाले २२ बुँदे माग राखेर फागुन ७ गते सरकारलाई ज्ञापनपत्र बुझाएको थियो । अब शनिबारबाट सुरु हुने पार्टीको विस्तारित बैठकले थप आन्दोलन तय गर्ने पूर्वमहामन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिएका छन् । 

शेयर गर्नुहोस:

0
Shares