मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकार जनभावना विपरीत चल्यो : वरिष्ठ नेता पौडेल

सरकार जनभावना विपरीत चल्यो : वरिष्ठ नेता पौडेल


नवलपरासी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले जनताको भावनाअनुसार काम गर्न नसकेको बताए । 
 
नेपाल प्रेस युनियपश्चिम नवलपरासी शाखाद्वारा आज प्रतापपुरस्थित गुठीप्रसौनीमा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले सरकारले सुशासन कायम गर्न नसकेको आरोप लगाए । 
 
नेता पौडेलले सिके राउत र प्रधानमन्त्री केपी शर्मा ओलीले फरक फरक अभिव्यक्ति दिएकाले सरकारले सिके राउतसँग गरेको सहमतिबारे वास्तविकता प्रष्ट पार्नुपर्ने बताए । 
 
सरकारले ३३ किलो सुनकाण्ड र निर्मला हत्या प्रकरणका दोषीलाई कारबाही गर्न नसकेको र शान्ति सुरक्षा, सुशासन र विकासको काममा पछि परेको बताए । 
 

शेयर गर्नुहोस:

0
Shares