मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता


काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 
 
बुधबार बसेको अध्यक्ष मण्डलको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले जनाएका छन् । 
 
टीकापुर घटनामा दोषी ठहर गर्दै कैलाली जिल्ला अदालतले राजपाका सांसद् रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि बसेको राजपा अध्यक्ष मण्डलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ । 
 
जारी विज्ञप्तिमा कैलाली जिल्ला अदालतको फैसलाबाट राजपा स्तब्ध र मर्माहत भएको उल्लेख छ । कैलाली जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईको इजलासले बुधबार चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको हो । 
 
चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, गंगाराम डगौरा चौधरी र श्रवण चौधरीलाई जन्मकैद हुने फैसलामा उल्लेख छ । 
 
उनीहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैद ठहर गरेको कैलाली जिल्ला अदालतले जनाएको छ । तीमध्ये श्रवण चौधरी भने नाबालक भएकाले १० वर्षमात्रै जेल सजाय हुने फैसलामा उल्लेख छ ।
 
२०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो । सोही मुद्दामा चौधरी अहिले पुर्पक्षका लागि जेलमा छन् ।

शेयर गर्नुहोस:

0
Shares