मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, रसियन नागरिकको मृत्यु

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, रसियन नागरिकको मृत्यु


पोखरा । पर्यटकीय नगरी पोखरामा मंगलबार पनि प्याराग्लाइडिङ दुर्घटना भएको छ । मंगलबार मध्यान्ह १२ बजेर ५ मिनेटमा सराङकोटबाट उडेका एकजना रसियन नागरिक डिमिडभील स्पाइसिनको दुर्घटनामा परेर ज्यान गएको हो ।
 
दुर्घटनामा परेका रसियन प्याराग्लाइडरलाई उपचारका लागि पोखरास्थित मेट्रो सिटी अस्पतालमा पुर्‍याइएको थियो । चिकित्सकले उनलाई मृत घोषित गरे । मृत्यु हुने रसियन पर्यटक ४२ वर्षीय डिमिडभील स्पाइसिन रहेका वडा प्रहरी कार्यालय बैदामका डिएसपी कोमल शाहले जानकारी दिएका छन् ।  
 
पोखरामा तीन दिनदेखि लगातार प्याराग्लाइडिङ दुर्घटना भइरहेको छ । सोमबार रसियाका दुई नागरिक प्याराग्लाइडिङ दुर्घटनाा परी गम्भीर घाइते भएका थिए । त्यस्तै  आइतबार रोमानियाका एक पर्यटकको प्याराग्लाइडिङ दुर्घटनामा परेर ज्यान गएको थियो । 
 

शेयर गर्नुहोस:

0
Shares