नेपाल

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, रसियन नागरिकको मृत्यु

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, रसियन नागरिकको मृत्यु


पोखरा । पर्यटकीय नगरी पोखरामा मंगलबार पनि प्याराग्लाइडिङ दुर्घटना भएको छ । मंगलबार मध्यान्ह १२ बजेर ५ मिनेटमा सराङकोटबाट उडेका एकजना रसियन नागरिक डिमिडभील स्पाइसिनको दुर्घटनामा परेर ज्यान गएको हो ।
 
दुर्घटनामा परेका रसियन प्याराग्लाइडरलाई उपचारका लागि पोखरास्थित मेट्रो सिटी अस्पतालमा पुर्‍याइएको थियो । चिकित्सकले उनलाई मृत घोषित गरे । मृत्यु हुने रसियन पर्यटक ४२ वर्षीय डिमिडभील स्पाइसिन रहेका वडा प्रहरी कार्यालय बैदामका डिएसपी कोमल शाहले जानकारी दिएका छन् ।  
 
पोखरामा तीन दिनदेखि लगातार प्याराग्लाइडिङ दुर्घटना भइरहेको छ । सोमबार रसियाका दुई नागरिक प्याराग्लाइडिङ दुर्घटनाा परी गम्भीर घाइते भएका थिए । त्यस्तै  आइतबार रोमानियाका एक पर्यटकको प्याराग्लाइडिङ दुर्घटनामा परेर ज्यान गएको थियो ।